काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई छलफलको लागि बोलाउनु भएको छ ।
सत्ता पक्ष र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच सहकारी ठगी प्रकरणमा बन्ने छानविन समितिको टिओआरमा सहमति नजुटेको बेला प्रधानमन्त्री प्रचण्डले मुख्य दुई दलका शीर्ष नेतालाई छलफलका लागि बालुवाटार बोलाउनु भएको हो ।
सो छलफल दिउँसो ३ बजे बोलाएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभयो ।
सत्तारुढ र विपक्षी नेताहरुसँग सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले छलफल गर्नु भएको थियो । सो छलफलमा देउवा र ओली आउनु भएको थिएन ।
प्रधानमन्त्रीले दुवै पक्षका कुरा सुनेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीबीच छलफलमा जुटेको छ ।
सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो ।
यो बैठकपछि कांग्रेसले आफूहरूको धारणा सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेस सहभागी हुने तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच