
काठमाडौं । मन्त्रिपरिषद बैठकको लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्थमन्त्री वर्षमान पुन पुग्नुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ ।
नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुहुने छ ।
बैठक ३ बजे बस्ने संसदको दुवै सदनको बैठकमा बजेट भाषणको तयारी छ । त्यस अघि मन्त्रि परिषदको बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान अनुसार अर्थमन्त्री बजेट भाषणको ब्रीफकेश लिएर बैठकमा जानु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच