![एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/samjhauta-patra.jpg)
साउदी अरब । अल हिलाल यस सिजन २०२३-२०२४ को साउदी प्रो लिग च्याम्पियन बनेको छ । सोमबार राती लिगको अन्तिम खेलमा अल वेदालाई २-१ ले पराजित गरेको अल हिलाल लिगमा अपराजित रहँदै च्याम्पियन बनेको हो । किङ अब्दुल अजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा भएको खेलमा अल हिलालको जितमा मोहम्मद कानो र एलेक्सान्दर मित्रोभिचले गोल गर्नुभयो ।
अल वेदाका यायानाजीले एक गोल फर्काउनुभयो । खेलको १९औँ मिनेटमा कानोले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ७७औँ मिनेटमा नाजीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा मित्राभिचले गोल गर्दै अल हिलाललाई जित दिलाउनुभएको हो ।
अल हिलालले प्रो लिगको ३४ खेलमा ३१ जित र तीन बराबरीसहित कुल ९६ अंक जोड्न सफल भयो । अल हिलालले युरोपेली फुटबलमा प्रभाव जमाएका नेयमारसहित यासिर बोनोउ, कालिडोउ कोउलीबेलीलगायत खेलाडी भिœयाएको थियो । चोटका कारण नेयमार भने सिजनभर टोलीबाट बाहिर रहनुभयो ।
हारसँगै अल वेदा ३४ खेलबाट ३६ अंक जोडेर १३औँ स्थानमा रहृयो । शीर्ष तीनमा रहेका अल हिलाल, अल नासर र अल एलीले एएफसी च्याम्पियन्स लिग खेल्नेछन् । अल तावनले एएफसी कप खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच