![मूत्ररोग संलग्न आकस्मिक अवस्था](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/Prof.-Dr.-Arjundev-Bhatt.jpg)
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीसँग सम्बन्धित प्रविधिमा भएका पछिल्ला र उल्लेखनीय प्रगतिबारे जानकारी दिएको छ । भारतमा बढ्दो आम्दानी र प्लाष्टिक सर्जरीप्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियामा देखिएका सम्भावना र अस्पतालले सो क्षेत्रमा गरेका उपलब्धिबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका वरिष्ठ सल्लाहकार डा. कुलदिप सिंहले प्लाष्टिक सर्जरीका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । इन्द्रप्रस्थ एपोलो जस्ता प्रतिष्ठित संस्थामा दक्ष विशेषज्ञको बढ्दो माग पूरा गर्न दक्षका लागि अस्पतालले सञ्चालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धित पहलबारेमा पनि उहाँले जानकारी गराउनुभयो ।
बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको सिंहको भनाइ थियो । विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतीपूर्ण केस सामना गरेका र ती केसको उच्च गुणस्तरको सुविधासहित सफलता हासिल गरेको दाबीसमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच