कीर्तिमानी आरोही शेर्पालाई लुम्बिनी बैंकको सम्मान

Read Time = 1 min

काठमाडौं । लुम्बिनी विकास बैंकसँग स्थापनाकालदेखिका निरन्तरका सहयात्री कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकले सम्मान प्रदान गरेको छ ।

२६औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकड्र्र्समा लेखाउन सफल शेर्पालाई बैंंकले १५औँ वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच बैंकका अध्यक्ष दशरथ रिसालले सम्मानपत्र प्रदान गर्नुभएको बैंकले जनाएको छ । हाल बैंकले सातवटै प्रदेशमा ८६ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?