आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायी लगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान शाहसी शान भन्ने नारासहित नेपाल सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वभर तापक्रम वृद्धि लगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय प्रवृत्तिका वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्नका लागि हामीले सगरमाथा आधार शिविरको समग्र अध्ययनको लागि एक समिति गठन गरेका छौँ । मलाई आशा एवं विश्वास छ समितिले अब चाँडै उपयुक्त निकाससहित नेपाल सरकारलाई प्रतिवेदन पेश गर्नेछ । नेपाल सरकारको तर्फबाट अर्थमन्त्री वर्षमान पुनज्युले बजेट वक्तव्य व्यक्त गर्ने क्रममा हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान शाहसी शान भन्ने नारासहित नेपाल सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ । यो लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ । त्यो लक्ष्य पूर्ण रुपमा सफल हुनेछ ।’

मन्त्री तामाङले विश्वभर तापक्रम वृद्धि लगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनको लागि एक समिति गठन गरेको बताउनु भयो । समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन पेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?