एजेन्सी । फ्रान्सका कप्तान तथा स्टार फुटबलर केलियन एमबाप्पेले ग्लोब सकर अवार्ड जित्नुभएको छ । युरोपको प्रतिष्ठित अवार्डका रूपमा रहेको ग्लोब सकर अवार्डमा उहाँले भिनिसियस जुनियर र जुड बेलिंघमलाई पछि पार्नुभएको हो । मनोनयनमा रहनुभएका ती दुवै खेलाडीले रियल म्याड्रिडबाट फुटबल खेल्नुहुन्छ ।
यो सिजनबाट पिएसजी छाड्ने फैसला गर्नुभएका एमबाप्पे आफ्नो ड्रिम क्लब रियल नै जाने करिब पक्का रहेको जनाइएको छ । मंगलबार राती इटालीको सार्डिनियामा भएको समारोहमा अर्टेटाले प्रिमियर लिग कोच अफ द सिजन जित्नुभएको छ ।
त्यसैगरी, जिरोनाका मिशेलले ला लिगा कोचिङ पुरस्कार प्राप्त गर्नुभयो । बार्सिलोना र म्यानचेस्टर सिटीले क्रमशः महिला र पुरुष टिम अफ द इयर अवार्ड आफ्नो पोल्टामा पारे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच