म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मंगलबारदेखि लागेको डढेलो चारदिन वितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाए पछि खानेपानीको हाहाकार भएको छ भने सयौं हेक्टर जंगल सखाप पारेको छ । वन्यजन्तु,चराचुरुङ्गी र वन पैदावर नष्ट भएको छ ।
मंगलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनपा–२ बगरफाँट र बेनपा–३ भकिम्लीका लरेनी, बिरखानी लगायत आसपासको वनभरी आगो फैलिएको बगरफाँटका तोपबहादुर कार्कीले बताउनुभयो । “आगो नियन्त्रण बाहिर छ, मानवीय प्रयासमा नियन्त्रणको सम्भावना छैन, धुँवाको मुस्लोले बस्तीमा बस्नै गाहे भएको छ” कार्कीले भन्नुभयो । डढेलो फैलिएर बेनी नगरपालिका ३ भकिम्लीको तल्लो वस्तीसम्म पुगेको छ ।
वनबाट बस्तीमा आगो पस्न सक्ने खतरालाई मध्यनजर गरी भकिम्लीको तल्लो क्षेत्रका बस्तीहरुमा सर्तकता अपनाउन अनुरोध गरिएको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । कसरी आगो लाग्यो भन्ने कुरा अझै यकिन भएको छैन् ।
आगलागीले ससाना विरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन् । म्याग्दी जिल्लामा विभिन्न सामुदायिक बनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि साधनस्रोत र जनशक्तिको अभावले समस्या भएको बताइएको छ ।
म्याग्दीमा आगलागीले सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक वन सहित जिल्लाभरका सामुदायिक तथा सरकारी वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । हरेक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्याङ्कले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठीन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण भएको पनि कार्यालयको ठहर छ । वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ ।
जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेत्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचनान आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच