सिंजामा बालबिवाह अन्त्यका लागि कार्यशाला गोष्ठी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । जुम्लाको सिंजा गाउँपालिकामा बालबिवाह अन्त्यका लागी पञ्चवर्षीय रणनीति निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

मंगलबार सिंजा गाउँपालिकामा उपाध्याक्ष सितली रोकायाको अध्यक्षता र पालिकास्थित सरोकावालाको सहभागीतामा सुरु गरिएको कार्यशाला गोष्ठी पाँच वर्षको रणनीति निर्माण गर्ने योजना सहित सम्पन्न भएको हो ।

विकास साझेदार संस्थाहरु बालबिवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल जुम्ला, प्लान इन्टरनेश्नल नेपाल, पेस नेपालको सहयोगमा कार्याशाला गाोष्ठी कार्यक्रम गरिएको थियो ।

कार्याशालामा बालबिवाह अन्त्य गर्न पञ्चवर्षीय रणनीति योजनाको मस्यौदामा बृहत छलफल गरिएको छ । समुदायमा ठुलो समस्याका रुपमा रहेको बालबिवाह अन्त्य गर्न वडा र पालिकालाई बालबिवाह मुक्त गर्न केहीँ कानूनी जटिलतालाई मध्येनजर गर्दै विकास साझेदार संस्थाहरुको सहयोगमा बालबिवाह अन्त्य गर्न पञ्चवर्षीय रणनीतिक योजना निर्माण तर्जुमा गरिएको हो ।

कार्यशाला गोष्ठीको मुख्य सहजिकरण रमा भण्डारी र सहजिकरण पेस नेपाल जुम्लाका कार्यक्रम प्रमुख हेमराज भट्ट गर्नुभएको थियो ।

बालबिवाहले बालबालिकाको जीवनमा बहुपक्षिय असर गरिरहेको सन्दर्भमा बालबिवाह अन्त्यका लागि सिंजा गाउँपालिकामा पञ्चवर्षीय रणनीति निमार्ण गरेर कार्यान्वयन तर्फ अग्रसर हुने प्रतिवद्धता जनाइएको छ ।

कार्यशालाले आउँने आर्थिक वर्ष २०८५/०८६ सम्म बालबिवाह न्यूनिकरण गर्नको लागि सवलपक्ष, अवसर पक्ष, कमजोर पक्ष र चुनौतिका सम्बन्धमा समेत बृहत् छलफल गरेको छ । साथै गोष्ठीले बालबिवाह न्यूनिकरणको रणनीतिक उद्देश्य निर्माण गर्नुको साथै आगामी कार्यक्रमहरु कस्तो राख्ने भन्ने सम्बन्धमासमेत छलफल गरिएको छ ।

दुईदिने कार्याशाला गोष्ठी कार्यक्रमको समापन गर्नुहुँदै प्रशासकीय प्रमुख पवित्रा शाहीले रणनीतिक योजनालाई कानुनी प्रक्रिया पुरा गर्न र कार्यान्वयनको लागि वार्षिक वजेट विनियोजनको सम्बन्धमा जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै उहाँले यो रणनीतिक योजना कार्यान्वयन गरेर नेपाल सरकारले सन् २०३० सम्म बालवबिवाह अन्त्य गर्ने प्रतिवद्धतालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहजकर्ता रमा भण्डारीले बालबिवाह अन्त्य गर्नु मानवीय विकासको पक्षमा एउटा युद्ध जित्नु जस्तै रहेको बताउनुभयो । यसले बालबालिकाको जीवनमा सर्वोत्तम हित प्राप्त गरि उनिहरुको अधिकार सुनिश्चित गर्न बालमैत्री वातावरणको सृजना गर्दछ भन्ने कुरामा जोड दिनुभयो ।

बालविवाह न्यूनिकरणका लागि बालसंरक्षणका संयन्त्रहरुको निमार्ण र सर्वपक्षिय भूमिकालाई अभिवृद्धि गरी क्रियाशिल बनाउन आवश्यक रहेको समेत भण्डारीले बताउनुभयो ।

सम्पूर्ण सरोकारवालाहरुको सहभागीतामा भएको गोष्ठीमा बालबालिका वर्तमानका साझेदार र भविष्यका कर्णदार हुन् भन्ने भनाई लाई सार्थक बनाउनका संवेदनशिल भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?