काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ । श्रीलंकाको क्यान्डीमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उक्त पदक आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठका अनुसार यू-१९ गल्र्स डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत जित्नुभयोे । यू-१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गल्र्समा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कांस्य हात पार्नुभयो ।
यू–१५ को गल्र्स सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र सुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र सुरम्य शाक्यले कांस्य प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच