सुडानद्वारा जेद्दा वार्तामा फर्कन अमेरिकी आह्वान अस्वीकार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । सुडानी सरकारले सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार गरेको छ ।

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल-बुरहानलाई जेद्दा वार्ता मञ्चमा जानको लागि अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्केनले गरेको निमन्त्रणाले सुडानको अवहेलना गरेको बताउनु भयो । अवहेलनालाई स्वीकार गर्न नसकिने बताउनु भयो ।

पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानमा आयोजित राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको थियो । संवादका माध्यमबाट राष्ट्रिय सहमतिमा अघि बढ्नुअघि द्वन्द्वको अन्त्य र स्थायित्व हासिल गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान चरणमा राजनीतिक दलको विभिन्न एजेण्डाका साथ हस्तक्षेप गर्न नसक्ने बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?