काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परीक्षणमा रहेको सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिने कम्पनीले जनाएको छ । व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनुपरेमा पठाओ पार्सलको सेवा लिन सक्नेछन् ।
काठमाडौं उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि डेलिभरीका लागि एकपटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले बताउनुभएको छ ।
पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी बिजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको पनि उहाँले बताउनुभयो । कम्पनीका अनुसार यस सेवामार्फत् परीक्षण अवधिमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको छ ।
पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौं उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यकाबाहिरका मुख्य शहरमा दोस्रो दिन र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच