स्याङ्जा – जिल्ला बिरुवा गाउँपालिका वडा नं ५ का विमल शर्माको अस्पतालमै पुगेर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराई र नायक सुब्बा रामप्रसाद पौडेलबाट अस्पतालको बेडमै पुगेर निजलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
उनी जेठ ८ गते घाँस झार्ने क्रममा अचानक रुखबाट खसी घाइते भएका थिए । मेरुदण्ड भाँचिएर पोखराको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्रालि पोखरामा भर्ना भई उपचार गरिरहेका शर्मालाई तत्काल नागरिकता आवश्यक परेको थियो । नागरिकता नहुँदा उनले अस्पतालबाट उपचारका क्रममा पाउने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था थियो ।
मेरुदण्ड भाँचिएकाले चिकित्सकहरुले शर्मालाई हिँडाउन नमिल्ने राय दिए पछि उनलाई जिल्ला प्रशासन कार्यालयमा भौतिक रुपमा उपस्थित गराउन नसकिने भएकाले अस्पतालको बेडमै पुगेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्रदान गर्दै प्रशासकीय अधिकृत संयोग भट्टराईले नागरिकको दुःखमा साथ दिने प्रयास मात्र गरेको बताउँदै घाइतेलाई तत्काल नागरिकता चाहिएको विशेष परिस्थितिका कारण अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो ।
घाइते शर्माले अस्पतालमै नागरिकता पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई धन्यवाद व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच