काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकका रूपमा सम्मान गरिएको हो ।
आफ्नो कोर बैंकिङ सफ्टवेयरका लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नवीनतम सेवासहितको सुरक्षित र भरपर्दो बैंकका रूपमा परिचित छ । सम्मानले बैंकलाई आगामी दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ सफ्टवेयर प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच