नक्कली शिक्षकविरुद्ध अख्तियारद्वारा अदालतमा मुद्दा दायर

Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर जागिर खाएको आरोपमा तत्कालीन एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

पाँचथरको तुम्वेबा गाउँपालिका-४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) विरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

गच्छदारले पिसिएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेश गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?