काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएको भन्दै महासंघले खुसी व्यक्त गरेको छ । बुधबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब स्टार्टअप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताउनुभयो । दुर्ई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । व्यापक छलफलपछि मन्त्रिपरिषद्ले पारित गरेको छ ।
विकसित देशमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि स्टार्टअपको चर्चा र चासो बढेको छ । किनभने व्यवसायमा नयाँ सोचको प्रादुर्भाव भइरहेको र सानो-सानो लगानीमा नयाँ विचारका साथ केही व्यवसाय उदाउँदै गर्दा सञ्चालन कसरी र केका आधारमा भइरहेका छन् भन्ने राज्यको चासोसँगै स्टार्टअपको परिभाषा र नीतिबारेमा छलफल भएर स्टार्टअप नीति विकास गर्ने प्रक्रिया सुरु हुँदै रोकिँदै जेठ २ गते मन्त्रिपरिषद्बाट पारित भएको हो ।
नीति आउनुमा महासंघ तथा समग्र निजी क्षेत्रको अति नै महत्वपूर्ण भूमिका रहेको महासंघको दाबी छ । महासंघले अनवरतरूपमा विभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको जनाएको छ । नीति आएको खुसियालीमा महासंघले नीतिले अंगीकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमबारेमा महासंघ अध्यक्ष ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसालको उपस्थितिमा बुधबार महासंघमा नीति संवाद आयोजना गरेको थियो ।
कार्यक्रममा अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समयदेखिको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन फोरम, मन्त्रालयलगायतको अमूल्य योगदान रहेको बताउनुभयो । सहसचिव भुसालले नीतिले अंगीकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तरसम्बन्ध, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाका विषयमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्तालगायतको सहभागिता रहेको थियो । स्टार्टअप एण्ड इन्नोभेसन फोरमका सभापति जुना माथेमाले नीति आउनु स्वागतयोग्य रहे पनि प्रचारप्रसार झनै महत्वपूर्ण हुने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच