
नवलपरासी । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपालको शिक्षा नीतिका कारण नेपाली भाषा दवाबमा रहेको बताउनु भयो । २०२८ सालको शिक्षा नितिका कारण अहिले नेपाली भाषा सबै भन्दा बढी दबाबमा रहेको ठाकुरको दाबी छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित भाषा परिचर्चा तथा मातृ भाषामा शिक्षाको महत्त्व बिषयक दुई दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै ठाकुरले नेपाली भाषा बचाउन सके नेपाली बाँच्नसक्ने बताउनु भयो । नेपाली भाषा बाँचे अन्य मातृ भाषा बचाउन सहज हुने ठाकुरले उल्लेख गर्नु भयो । 'नयाँ शिक्षा निति २०२८ ले देशको शिक्षामा अङ्ग्रेजीकरण गर्यो । २०४७ देखि शिक्षामा निजीकरण गरिएको परिणाम स्वरुप अङ्ग्रेजी भाषाले नेपाली भाषालाई दवाबमा बढ्यो ।' ठाकुरले भन्नुभयो ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक सय २५ जात जाती र विभिन्न भाषा भाषीहरु बोलिने देश नेपाल भएको उल्लेख गर्दै नेपाल बहुजाती, बहुभाषा र बहु(सास्कृतिक रहेको राष्ट्र भएकोले बिबिधतामा अनेकता रहेको बताउनु भयो । ूबर्दघाटले भाषा, कला र सास्कृतिकको सरक्षण गर्दै स्थानीय कला, भाषा र सास्कृतिकको सरक्षण गर्ने योजनाका साथ अगाडी बढेका छौँ ।ू
बर्दघाट नगर प्रवक्ता एव वडा नम्बर १४ का वडा अध्यक्ष सन्त बहादुर गाहाले मातृ भाषा लोप हुदै गएको बताउनु भयो । अग्रेजी भाषाले मातृ भाषा ओझेलमा परेको छ । ूअङ्ग्रेजी भाषाले जागीर खान आर्थिक रुपमा अर्थोपार्जनमा सहज हुने हुदा मातृ भाषा लोपउन्मुख भएको छ ।ू गाहाले भन्नुभयो ।
बर्दघाट नगरपालिका सामाजिक बिकास समिति सयोजक एव वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ्गले मातृ भाषा घर घरमा बोल्ने बाताबरणको सृजना गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । ूहामीले मातृभाषाका हरेक कार्यक्रमहरु टोल टोलमा पुर्याइ घर घरमा मातृ भाषामा बोल्न सके भाषाको बिकास गर्न सकिन्छ ।ू गुरुङले भन्नु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ (बिमल निभा) ले मातृभाषा हाम्रो सम्पती रहेको बताउनु भयो । उहाँले भाषा सम्पत्ति भएको र ती सम्पत्ति नेपालको रहेकोले नेपालीले बहुभाषामा गर्व गर्नु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा गुरुङ भाषाको कार्यपत्र पुराण गुरुङले प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र माथि टिप्पणी ईश्वर गुरुङले गर्नु भएको थियो । त्यस्तै नेपाल मगर संघ लुम्बिनी प्रदेशकी सदस्य तारा रानाले मगर भाषाको कार्यपत्र प्रस्तुत गर्नु भयो । प्रेम कामुले कार्यपत्र माथी टिप्पणी गर्नु भएको छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने 'परिश्रमी'ले बर्दघाट नगरमा ६ वटा भाषा प्रमुख रुपमा बोल्ने उल्लेख गर्दै भाषाहरुको अहिलेको अवस्था, भाषाहरुको सरक्षण र मातृभाषा शिक्षा दिन किन आवस्यक छ भन्ने बिषयमा कार्य पत्र प्रस्तुत गरिएको जानकारी दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच