भोजपुर । संखुवासभामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्वर २, च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका वडा नम्वर ४, स्याक्सिलागोला बजारमा बस्ने नापाङ भोटेका चार बर्षका छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कृष्ण माध्यामिक विद्यालयमा कक्षा एकमा अध्ययनरत नामायाङ बुधवार छुट्टी भएर विद्यालय पछाडी रहेको वाङ खोलामा खेल्ने क्रममा खोलाले बगाएको थियो ।
घटनाको जानकारी पश्चात खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा बालकलाई खोलाको ढुङगाको चेपमा मृत अवस्थामा फेला पारेको थियो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच