चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बृद्धि

Read Time = 1 min

किभ । युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो ।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ । बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन् । जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?