-पुरन साह
जनकपुरधाम । मिथिलाञ्चलमा आज वट सावित्री अर्थात वरसाइत पर्व मनाइएको छ ।
पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिली महिलाहरू मुख्यतः यो पर्व धुमधामका साथ मनाउने गर्छन् । मैथिली महिलाहरूले मनाउने चाँडमध्ये वट सावित्री एक महान् पर्वकै रूपमा मनाइने गरिन्छ । यो पर्व जेठ महिनाको आमवश्य तिथिका दिन मनाउने गरिन्छ । वट सावित्रिमा महिलाहरूले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामूहिक रूपमा विधिपूर्वक पूजा अर्चना गर्ने गर्छन् । नयाँ फल आँप, पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीका साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले श्रीमानको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहेलो धागो वेरी पण्डितद्वारा मत्रोचारणका साथ पूजा गर्छन् ।
वरको रुख घेरेर उनीहरू बृक्षमा विवाहको लगन गाँठोको प्रतिक मंगल धागो वेरेर पूजा आराधना गरी पर्व मनाएका हुन् । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर ब्रत गरी पतिको प्राण फर्काएउन सफल भएकी थिइन् । यही मान्यताअनुसार महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
वृक्षमुनी पूजा गरेर पतिको खुट्टा पखालेर बाँसले बनेको पंखाले हम्केर शितलता तथा सेवाको भाव दर्शाउदै आँप सहितको फल पतिलाई प्रसादको रुपमा प्रदान गर्छिन । पर्वमा माता पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव सहित सिमित जातजातिका महिलाले मात्र मनाउने यो बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत मनाउन थालेपछि ग्रामिण क्षेत्रका बर पिपलको बृक्षमुनी ब्रतालुहरुको भिड लाग्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच