
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा दोस्रो वडाध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजव श्रेष्ठले जानकारी दिनुभयो ।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिनेछ ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू चन्द्रविनायक पार्क, चाबहिल मैदानमा हुनेछ । चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३२ गते हुनेछ । पहिलो संस्करणको उपाधि नोब्सले जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच