नगद र ब्राउनसुगरसहित एकजना पक्राउ

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । झापा दमक नगरपालिका-४ को एक घरमा छापा मारेर प्रहरीले करिब साढे तीन लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीले तीन लाख ३६ हजार चारसय रुपैयाँ बरामद गरेको हो ।

घरबाटै लागूऔषध कारोबार गर्ने गरेको आशंकामा प्रहरीले गायत्रा गौतमको घरमा छापा मारेको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको टोलीले घर छापा मारेर ४८ वर्षीया गायत्रालाई पक्राउ गरेको छ ।

प्रहरीले गौतमको घरबाट ९ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर जफत गरेको छ । गोप्य सूचना पाएपछि खटिएको प्रहरी टोलीले गायत्राको शरीर तथा घर खानतलासी गरेको थियोे । नगद गौतम सुत्ने वेडको सिरानी भित्र लुकाई राखेको अवस्थामा र ब्राउन सुगर कोठामा रहेको बट्टाभित्र फेला परेको दमक प्रहरीले जनाएको छ ।

गौतमलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले छ । गौतम पक्राउपछि प्रहरीले थप कारोबारीको पहिचान हुने विश्वास लिएको छ । लामो समयदेखि झापामा दैनिकजसो लागूऔषध कारोबारी पक्राउ परिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?