काठमाडौं । नेपाल टुरिजम २.०ः भविष्यको मार्गचित्रण भन्ने नाराका साथ पाटा नेपाल च्याप्टरको बिहीबार काठमाडौंमा सम्पन्न ४५औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले एकेडेमी अफ टुरिजमका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महासचिवमा नरेन्द्रदेव भट्ट (प्रबन्ध निर्देशक-हेरिटेज टुर्स एण्ड ट्राभल), कोषाध्यक्षमा रीतल राणा (प्रबन्ध निर्देशक-मिड भ्याली इन्टरनेसनल कलेज) लाई चयन गरेको छ । सदस्यमा लाक्पा फुटी शेर्पा (संस्थापक-लक्जरी डिएमसी ट्राभल), रूपेश जोशी (निर्देशक-बुद्ध एयर), विनोद अधिकारी (निर्देशक-आर्य भिलेज ट्राभल्स), सुनिलबहादुर भट्टराई (कार्यकारी निर्देशक-बिजिबी क्याफे), हिम्मत पुरी (निर्देशक-डेस्टिनागो टुर्स एण्ड ट्राभल), सरिता लामा (प्रबन्ध निर्देशक-अफ द वाल ट्रेकिङ) र तेन्जिङ प्याङ लामा (निर्देशक-होटल ल्हासा इन्टरनेसनल (दुसित प्रिन्सेस काठमाडौं) चयन भएका छन् ।
साधारणसभाले कार्यसमितिमा डा. स्मृतिकला पन्त (बिएचएम/बिएचटिएम प्रमुख-लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट), प्रकाशचन्द्र लोहनी (अध्यक्ष-अल्पाइन उद्धार सेवा), सुमन घिमिरे (कार्यकारी निर्देशक-जंगल सफारी लज), इमु रेग्मी (निर्देशक-बसेरा बुटिक होटल) लाई प्रोक्सी पदाधिकारी तथा सदस्यमा चयन गरेको छ ।
साधारणसभा तथा अवार्ड वितरण समारोहमा पाटा नेपाल च्याप्टरले वरिष्ठ पर्यटन तथा होटल व्यवसायी अम्बिका श्रेष्ठ (द्वारकाज होटल्स एण्ड रिसोर्ट्सका अध्यक्ष) र श्यामबहादुर पाण्डे (होटल सांग्रिलाका संस्थापक) लाई ‘पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको थियो । त्यस्तैगरी यति ग्रुपका अध्यक्ष लाक्पा सोनम शेर्पालाई ‘टुरिज्म ट्रेलब्लेजर अवार्ड २०२४’, एक्सप्लोर नेपालका संस्थापक भरत बस्नेतलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०२४’ प्रदान गरेको छ । हेरिटेज टुर्स एण्ड ट्राभल्सका संस्थापक नरेन्द्रदेव भट्टलाई ‘पाटा स्पेसल कन्ट्रिब्युसन अवार्ड–२०२४, प्रिमियर होटल स्कुल, इटहरीलाई ‘पाटा बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२३’ अवार्ड प्रदान गरेको छ ।
कार्यक्रममा जर्मनीस्थित मिनिङफुल टुरिजम सेन्टरका संस्थापक प्राडा वोल्फगाङ जर्ज अलर्टले पाटा नेपाल च्याप्टरले जुन ५, २०२४ मा आयोजना गरेको ‘एक्सपर्ट मिट’ को निष्कर्ष सार्वजनिक गर्दै नेपाल टुरिजम २.० मा मुख्य वक्ताका रूपमा मन्तव्य दिनुभएको थियो । उहाँले कम्युनिटी होमस्टे नेटवर्क, टाइगर माउन्टेन, पोखरा लज र केजिएच ग्रुप अफ होटल एण्ड रिसोर्ट्सलाई ‘मिनिङफुल टुरिजम गोल्ड अवार्ड’ प्रदान गर्नुभएको थियो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई मिनिङफुल टुरिजम रजत अवार्ड प्रदान गर्नुका साथै नेपाल वायुसेवा निगम र होटल हिमालयलाई ‘मिनिङफुल टुरिजम कांस्य अवार्ड’ प्रदान गर्नुभएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य साझा गर्दै पर्यटकको आवागमनलाई बढावा दिन निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा नयाँ र सिर्जनशील पर्यटन उत्पादन प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न हवाई टिकटमा लगाइएको भ्याट र अन्य अनावश्यक कर हटाउन आफू सक्रिय रहेको बताउनुभयो । निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले सम्पूर्ण सदस्य, संघसंस्था तथा सरोकारवालालाई देशको दिगो पर्यटन विकास र विस्तारका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच