बलिउडमा सलमान खानको ३५ बर्ष पुरा, फ्यान भन्छन- ‘अर्को सलमान जन्मदैन्’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

मुम्बइ । बलिउडका भाइजान अर्थात् सलमान खानले अगस्ट २६ मा फिल्म उद्योगमा ३५ वर्ष पूरा गरेका छन् ।

अभिनेताले सन् १९८८ मा बीवी हो तो ऐसीबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले मैने प्यार किया, बागी, ​​सनम बेवफा, पत्थर के फूल, साजन जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरे र बलिउडलाई एकपछि अर्को धेरै हिट फिल्म दिए।

अभिनेता सलमान खानले अभिनय संसारमा ३५ वर्षको यात्रा पूरा गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । सलमान खानले आफ्ना फिल्मका केही दृश्यहरूको कोलाज भिडियो सेयर गरेका छन्, जसमा उनका फिल्मका केही चर्चित संवाद र गीतका स्टेपहरू छन्। भिडियो सेयर गर्दै सलमानले लेखेका छन, ‘३५ वर्ष ३५ दिन जस्तै भयो, मायाको लागि धन्यवाद।’

‘सलमान खानको यो भिडियोलाई फ्यानह‘ले धेरै माया गरिरहेका छन् । एकजनाले कमेन्ट गरे, ‘यहाँ कहिल्यै अर्को सलमान खान हुन सक्दैन।’

अर्का फ्यानले लेखेका छन, ‘म बुढो भए पनि सलमान खान सधैं मेरो मनपर्ने हुनेछन्।’

यसबाहेक एक प्रयोगकर्ताले लेखेका छन, ‘बलिउड उद्योगमा ३५ वर्ष पूरा गरेकोमा बधाई र हामीलाई मनोरञ्जन दिनुभएकोमा धेरै धेरै धन्यवाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन र जवाफदेहिता अपरिहार्य : हरि ढकाल राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२ औं विश्व आदिवासी दिवस (तस्बिरहरु) आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैन :… सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति