
प्रविधिले नयाँ उचाइ थपिरहेको छ । हाम्रा पाठ्यक्रममा र सिक्ने सिकाउने प्रक्रियामा अब प्रविधि पनि अभिन्न अङ्ग बन्नपुगेको छ । प्रविधिले थोरै समयमा धेरै कार्य सम्पादन गर्न सकिन्छ । कम्प्युटरको आजको उन्नत प्रविधि एआई हो जसको सहायताले वर्षांै लाग्ने कार्य क्षणभरमा नै सम्पादन गर्न सकिने भएको छ । संस्कृत शिक्षालाई पनि एआई प्रविधिसँग जोड्नुपर्ने आजको समयको माग भएको छ । जसबाट संस्कृत वाङ्मयको ज्ञान संरक्षणका साथै विज्ञानसँग साक्षात्कार गरी सर्वोपयोगी शिक्षा प्राप्त गर्न सकिन्छ ।
कम्युटरको उन्नत प्रविधिका रूपमा एआईलाई लिइएको छ । जसबाट अधिकतम ज्ञान क्षणभरमै प्राप्त गर्न सकिन्छ । कृत्रिम बुद्धिको प्रयोग गरी आजको विश्वमा नयाँ चमत्कार भइरेहको परिवेशमा संस्कृत वाङ्मयलाई पनि त्यस उचाइमा पु¥याउन सकिन्छ, जसका निम्ति अबको संस्कृत शिक्षा प्रविधिमैत्री र एआईसापेक्ष हुनु आवश्यक छ । संसारका जुनसुकै विषयवस्तु पनि प्रविधिको दायराबाट भिन्न छैनन् । यसैले संस्कृत शिक्षालाई पनि एआईसँग साक्षात्कार गरेर अघि बढ्नुपर्ने देखिन्छ । सामान्य कुराको ज्ञानका निम्ति किताबका ठेली पल्टाउने समयलाई पनि बचत गर्न सकिन्छ । समयको बचतका साथै ज्ञानका भण्डारमा वृद्धि गरी प्रतिफल शीघ्र प्राप्तिका निम्ति पनि उन्नत प्रविधिको प्रयोग आवश्यक छ ।
संस्कृतका हरेक विषयमा एआई प्रविधि प्रयोग गर्न सकिन्छ । व्याकरणका सूत्र प्रयोग र उक्त प्रयोगबाट बन्ने शब्दनिर्माण प्रक्रियालाई एआईभित्र समावेश गर्न सक्ने विधि र प्रविधि आज बनेका छन् । जसको प्रयोगले शब्द निर्माण प्रक्रियाका साथै वाद र सिद्धान्तको ज्ञान सहजतः गर्न सकिन्छ ।
वर्तमानमा साधारण कम्युटरमा मात्र वामे सर्दै गरेकोे संस्कृत शिक्षाको अवस्था छ । कम्युटरको ज्ञानमै प्रविष्ट नभएकालाई कसरी एआईसम्म पुग्न सक्ने समाथ्र्य राख्न सकिन्छ भन्ने प्रश्न पनि जाग्न सक्छ । समयानुसार अघि बढ्न र आजको युग सुहाउँदो संस्कृत शिक्षाका निम्ति यो प्रविधि अपनाउनु आज आवश्यक भएको छ । जसबाट आजको युग सुहाउँदो शिक्षाका साथै जीवन पद्धतिलाई थप सरल र ज्ञानराशिलाई समृद्ध तुल्याउन सकिन्छ । जसका निम्ति आरम्भमा कम्प्युटरकै आधारभूत ज्ञान हुनु आवश्यक हुन्छ । विषयवस्तुलाई प्रत्यक्ष एआई पढाउनेभन्दा पनि एआई प्रोजेक्टका आधारमा अध्ययन अध्यापन गरी प्रयोगपरक ढङ्गले उपयोग गर्न सकिन्छ ।
अबको कम्प्युटरले समग्र वाङ्मयलाई नै सानो मेमोरीमा राख्न सक्छ र आवश्यक परेको समयमा हामीलाई मात्रा मिलाएर दिन पनि सक्छ । बुद्धिमत्तार्पूक भण्डारण र प्रयोग गरी ज्ञानलाई सहज र प्रयोगयोग्य तुल्याउन सकिन्छ । युग सुहाउँदो शिक्षाका निम्ति संस्कृतमा पनि एआई प्रविधिको प्रयोग गर्न सकिन्छ । कम्युटरमा पहुँच नभएको समयमा एआईको कुरा गर्नु अन्यथा पनि लाग्न सक्छ । कम्युटरको आधारभूत ज्ञानकै अभाव वर्तमान संस्कृत शिक्षाजगत्मा विद्यमान छ तर अबको युग कम्युटररहित हुन असम्भव छ । ढिलो चाँडो भन्ने मात्र हो । चाँडै यसतर्फ अघि बढ्नु सर्वसिद्धिदायी रहन्छ । हरेक विषयक्षेत्रमा प्रविधिको प्रयोग गर्न सकिन्छ ।
अध्ययनका साथै अध्यापन कार्यलाई पनि प्रभावकारी तुल्याउन यस्ता प्रविधिले धेरै सहयोग गर्दछन् । विषयवस्तुको छुट्टै एआई निर्माण गर्ने र भएका एआईको पनि प्रयोग गर्ने यी दुई माध्यमबाट हालको संस्कृत शिक्षालाई अघि बढाउन सकिन्छ । गुरुकुलमा पनि कम्युटरमा आधारित विषयवस्तुको शिक्षा दिनु आवश्यक छ । जसबाट उत्पादित व्यक्ति विश्वका जुनसुकै स्थानमा आफ्नो ज्ञान र विज्ञानको सम्बन्धसेतु बन्न सक्ने हुन्छन् ।
इजराइल आज सूचनाप्रविधिमा अग्रस्थानमा गनिन्छ । जति पनि नयाँ प्रविधि भित्रिएका छन् ती सबैको प्रत्यक्ष एवं परोक्ष रूपमा इजराइलीको संलग्नता देखिन्छ । किनकि त्यहाँ बालकक्षाका पाठ्यपुस्तकमा नै कम्युटरका कोडिङ सिकान्छन् । एआईको प्रयोग सिकाइन्छ । यसैले त आज विश्वमा चमत्कार गर्ने प्रविधिको विकास इजराइलले गरेको छ । कम्युटरको मुख्य प्रेसेसर बनाउने इन्टेल इजराइलकै उत्पादन हो । अन्य यस्ता थुप्रै प्रविधिको विकास इजराइलीले गरेको कुरा देखे सुनेकै छौँ जुन उन्नत प्रविधिसँगको साक्षात्कारले नै प्राप्त भएको हो ।
संस्कृतका हरेक विषयमा एआई प्रविधि प्रयोग गर्न सकिन्छ । व्याकरणका सूत्र प्रयोग र उक्त प्रयोगबाट बन्ने शब्दनिर्माण प्रक्रियालाई एआईभित्र समावेश गर्न सक्ने विधि र प्रविधि आज बनेका छन् । जसको प्रयोगले शब्द निर्माण प्रक्रियाका साथै वाद र सिद्धान्तको ज्ञान सहजतः गर्न सकिन्छ । सर्वप्रथम तदनुसारको प्रविधि बनाउनु र प्रयोगमा ल्याउनु भने चुनौतीका विषय हुन् । चरेवैति भनेजस्तै बिस्तारै गर्दे जाने हो भने यो सम्भव छ । अमरकोश, शब्दकल्पद्रुम डिजिटल भइसकेका छन् । एकै पटक एआई निर्माण र प्रयोगभन्दा पनि सामान्य ज्ञान र तदनुसारको प्रयोग भने अवआवश्यक देखिन्छ । जसबाट व्याकरणका गहनतम विषवस्तुलाई प्रविधिमैत्री तुल्याउन सकिन्छ ।
संस्कृतको मूल विषयवस्तुलाई प्रविधिभित्र प्रवेश गराएर अबको शिक्षा र शैक्षिक पाठ्यक्रम निर्माण गर्न सक्नुपर्दछ । आजको युग सुहाउँदो कम्प्युटरमा आधारित सिक्ने सिकाउने कार्यलाई जोड दिनु आवश्यक छ । परम्परागत शिक्षालाई पनि आजको प्रविधिसँग जोडेर लानु सबैका निम्ति कल्याणदायी रहन्छ ।
आजको उच्चतम एआईसँग जोडेर ध्वनिविज्ञान, वर्णविज्ञान, श्वरप्रक्रिया, उच्चारणस्थान आदिका बारेमा सहजतः ज्ञान हासिल गर्न सकिन्छ । हाम्रा ऋषिमहर्षिले बताएका ज्ञान र विज्ञानलाई विश्वसामु चिनाउन, बुझाउन र प्रयोगसिद्ध तुल्याउन सकिन्छ । यसै गरी साहित्यका पनि आधारभूत सिद्धान्त, काव्य, छन्द, अलङ्कार, रस, ध्वनि आदि हरेक सिद्धान्तलाई कम्प्युटरीकृत गर्न सकिन्छ । सम्बन्धित रसका उदाहरण खोज्नका निम्ति र उक्त विषयवस्तुलाई विभिन्न माध्यमबाट चिनाउनका निम्ति पनि सहज हुनेछ । आधारभूत कक्षामा नै विशिष्ट ज्ञान विद्यार्थीले प्राप्त गर्न सक्ने वातावरण बन्न पुग्छ र विशिष्ट अध्यनका निम्ति नयाँ मार्ग प्राप्त हुन सक्नेछन् ।
ज्योतिषलाई पनि प्रविधिमा प्रयोग गरी अध्ययन अध्यापन गर्न सकिन्छ । गणित एवं फलित दुबै पक्षलाई एआई प्रविधिसँग साक्षात्कार गरी अघिबढ्न सकिन्छ । यससँग सम्बन्धित पाश्चात्य खगोलशास्त्रका कतिपय विषयवस्तु त एआई प्रविधिमा भित्रिसकेका छन् । एआईको प्रयोग गरेर पनि यस्ता विषवस्तुको उपयोग गर्न सकिन्छ । धर्मशास्त्रका शास्त्रीय निर्णयमा पनि एआईले प्रत्यक्ष सहयोग गर्न सक्छ । शाखासूत्र अनुसारका विधि निर्दिष्ट गर्ने हो भने अबको समयमा सामान्य विषयवस्तुको निर्णय दिन विशेषज्ञ कहाँ नै धाउनुपर्ने बाध्यता हट्न सक्छ । वेद, इतिहास, पुराण, दर्शनशास्त्रलाई पनि एआईसँग साक्षात्कार गर्न सकिन्छ ।
आयुर्वेदका विषयवस्तु पनि कम्प्युटरको माध्यमले खोज अनुसन्धान गर्न सक्ने भएका छन् । तदनुकूलको प्रयोग र शिक्षाको भने आवश्यक देखिन्छ । आजको यो प्राविधिक समयमा प्रविधिको प्रयोग गरी अधिकतम लाभ लिनु उपयुक्त हुन्छ । वर्षौं लाग्ने कार्य क्षणभरका नै सम्पान गर्न सकिन्छ । जसले कम श्रममा धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ । पैसा, समयको बचतका साथै प्रभावकारी शिक्षाका निम्ति पनि आजको संस्कृत शिक्षा एआईसँग साक्षात्कार गर्न सक्ने हुनुपर्दछ । एआईका सबै फाइदा मात्र छैनन् । बेफाइदा पनि छन् तर जुन कुराको प्रयोगले हामीलाई लाभ हुन्छ ती कुराको प्रयोगमा अघि बढ्न सक्नुपर्दछ ।
लाभ पक्षलाई लिएर हानि पक्षलाई त्याग्न सक्ने वातावरणको सृजना गर्नुपर्दछ । ज्ञान र विज्ञानको सम्बन्धसेतु आजका संस्कृत अध्ययनार्थी बन्न सक्छन् । नयाँ खोज र आविष्कारका केन्द्र पनि बन्न सक्ने सम्भावना देखिन्छ । प्रविधिसँग साक्षात्कार गरेर नै आजको युग अघि बढेको छ । आजको व्यक्ति, समाज, राष्ट्र र विश्व परिवेश प्रविधिभिन्न छैन र हुन पनि सक्दैन । हरेकका हातमा मोबाइल छन् । मोबाइललाई थुप्रै सकारात्मक कार्यमा प्रयोग गर्न सकिन्छ । यसैले संस्कृतलाई मोबाइलमा पनि सहजतः पुग्ने वातावरणको विकास अब आवश्यक छ । किताबका चित्रभन्दा प्रविधिले देखाएका फरक-फरक परिवेशका श्रव्यदृश्य सामग्री सिकाइ प्रक्रियामा पनि अधिक प्रभावकारी हुन्छन् ।
संस्कृतको मूल विषयवस्तुलाई प्रविधिभित्र प्रवेश गराएर अबको शिक्षा र शैक्षिक पाठ्यक्रम निर्माण गर्न सक्नुपर्दछ । आजको युग सुहाउँदो कम्प्युटरमा आधारित सिक्ने सिकाउने कार्यलाई जोड दिनु आवश्यक छ । परम्परागत शिक्षालाई पनि आजको प्रविधिसँग जोडेर लानु सबैका निम्ति कल्याणदायी रहन्छ । एकै पटक एआई नै बनाउँन सकिँदैन तर बिस्तारै यस सम्बद्ध विषयवस्तुलाई स्थान दिने हो भने तद्नुसारको पाठ्यक्रम र शिक्षण सिकाइ प्रक्रियामा पनि समावेश गर्ने हो भने संस्कृत शिक्षा आर्जन गरेका व्यक्तिलाई अवसरका नयाँ ढोका खुल्न सक्छन् ।
एआई कम्युुटरको विशिष्ट प्रविधि हो जसबाट थोरै समयमा धेरै विषयवस्तुको ज्ञान गर्न सकिन्छ । समग्र वाङ्मयलाई नै यसभित्र राखेर हेर्न र अध्ययन अध्यापन गर्न सक्ने प्रविधिको विकास भएको छ । आजको संस्कृत शिक्षा पनि तदनुसार प्रविधिमैत्री हुँदै अघि बढ्नु सर्वहितकारी रहन्छ । यसैले संस्कृतका आधारभूतदेखि उच्चतहसम्मका पाठ्यक्रममा प्रविधिआबद्ध विषयवस्तुको समावेश गर्नु र तदनुसारको अध्ययन अध्यापन हुने व्यवस्था मिलाउनु आज आवश्यक देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच