
काठमाडौं । काठमाडौं महानगपालिकाले झन्डै एक वर्ष देखि प्रत्येक सनिवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइदै आइएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ ।
यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ ।
यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् ।स्थानियहरु दुइ बजे पछि सडक छेउमा नेवारी स्वादका परिकारहरु बनाउन व्यस्त देखिन्छन । बालबालिकाहरु निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ ।
\
-मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच