![विपक्षी दल कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउने प्रयासमा ब्रेक](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nepali-Congresh-Hita-fornt-page.jpg)
आज देशमा सुशासन कायम हुन नसक्दा विकास र समृद्धिको मार्ग अवरुद्ध हुँदै आएको छ । जुन देशमा सुशासन कायम हुन सक्दैन त्यो देशमा विकास नभएको देखिएको छ । हामी विश्वको इतिहासलाई हेरिरहेका छौं, विकसित देशहरूमा नेतृत्वमा बस्नेहरूले इमानदारीका साथ व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा काम गरेका छन् । त्यो देश विकास र समृद्धिको बाटोमा अघि बढिरहेको छ । भ्रष्टाचारमा लिप्त देशहरू अघि बढ्न सकिरहेका छैनन् । यो यथार्थलाई कसैले बिर्सन हुँदैन । यस अवस्थाको अन्त्य गर्न जरुरी छ । भ्रष्टाचार राजनीति दल र तिनका नेता अनि प्रशासनको मिलेमतोमा हुने गरेको छ । मुख्य दोषी यिनीहरू नै हुन् । अदूरदर्शी, स्वार्थपन र अक्षमताका कारण देश अघि बढ्न सकिरहेको छैन ।
देशले जुनरूपमा सफलता हासिल गर्नुपथ्र्यो त्यसनुसार सफलता हासिल गर्न सकेको छैन । सबैभन्दा बढी मात्रमा स्थानीय तहमा भ्रष्टाचार व्याप्त छ । केही दिनअघि स्थानीय तहका कतिपय मेयर, उपमेयर प्रमुख प्रशासकीय अधिकृतलगायत समातिएका समाचार सार्वजनिक भएका छन् । यसले नागरिकमा आक्रोश बढाएको छ । यस विषयमा राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नु पदर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा भ्रष्टाचार बढ्नु राम्रो होइन, यसले व्यवस्था नै बद्नाम बनाउने अवस्था सिर्जना भएको छ ।
राजनीतिक नेतृत्वबाट गलत निर्णय भए अस्वीकार गर्ने संस्कारको विकास हुने हो भने देशको प्रगति हुन धेरै समय लाग्ने थिएन । हाम्रो प्रशासनिक नेतृत्व पनि प्रणाली बसाउन नसक्नुमा त्यत्तिकै दोषी देखिन्छ ।
समयमै सोच विचार गरेर राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व अघि बढनुपर्ने आवश्यक छ । नेतृत्वमा बस्ने सबैले आत्मसमीक्षा गर्दै सच्चिएर अघि बढ्नुको विकल्प छैन । मुलुक व्यवस्थित ढंगले अघि बढन नसक्नु नेतृत्व असक्षम भएर हो । जबसम्म सुशासन कायम हुँदैन तबसम्म मुलुकमा केही हुँदैन । कानुनी शासनलाई मानेर गलत काम गर्नेमाथि कारबाही हुनुपर्छ । देशमा कर्मचारी संयन्त्र पनि इमानदारी भएन । त्यसैगरी राजनीतिक नेतृत्व नै बढी बद्मास भए । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व नै गलत बाटोमा गएपछि देश कसरी बन्छ ? एकले अर्कोलाई खुट्टा तानेर हुन्छ कि के गरेर हुन्छ आआफ्नो स्वार्थपूर्ति गर्न सबै तल्लीन छन् ।
नेताहरू एकले अर्काको दोष देखाएर पन्छिने काम गरिरहेका छन् । यस्तो प्रवृत्तिले गैरजिम्मेवार बनाउँछ । कर्मचारी क्षेत्रमा राम्रो नेतृत्व हुन्थ्यो भने देशमा केही सकारात्मक सुधारमा काम हुन सक्थ्ये । उनीहरूले राजनीतिक नेतृत्वलाई सही बाटोमा ल्याउन सक्थे । गलत काम हुन लागेको अवस्थामा कर्मचारी नै कडा रूपमा प्रस्तुत हुने हो भने केही आश हुन सक्थ्यो । यो उनीहरूको कर्तव्य हो तर केही गर्न सकिरहेका छैनन् । यो देशको माटो सम्झेर काम गर्नुपर्ने थियो । हालको प्रशासनिक नेतृत्व पनि काम नलाग्नेछ । प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको जे भन्यो त्यही मान्न पुग्दा यस्तो भएको हो । प्रशासनिक क्षेत्रमा रहेकाहरूले क्षणिक लाभलाई हेर्ने प्रवृत्ति व्यापक नै छ ।
प्रशासनिक नेतृत्वले सही बाटोमा हिँड्न सकेको भए अथवा राजनीतिक नेतृत्वबाट गलत निर्णय भएमा अस्वीकार गर्ने संस्कारको विकास हुने हो भने देशको प्रगति हुन धेरै समय लाग्ने थिएन । प्रशासनिक नेतृत्व पनि प्रणाली बसाउन नसक्नुमा त्यत्तिकै दोषी देखिन्छ । राजनीतिका साथसाथै प्रशासनिक क्षेत्रमा पनि विकृतिको फोहोर छ । चारैतिर कुशासन मौलाउँदो छ । प्रशासनिक नेतृत्व सही हुँदा यहाँ सबै राम्रो हुने अवस्था देखिएको छ । राजनीतिक तहबाट प्रशासनिक नेतृत्वलाई दबाब र प्रभावमा राख्ने जुन गलत प्रवृत्त छ त्यसको अन्त्य हुनुपर्छ । राजनीतिक नेतृत्वले प्रशासनयन्त्रलाई इमानदारीका साथ काम गर्ने वातावरण हुनु पर्दछ ।
राजनीति सही बाटोमा छैन । राजनीति सही बाटोमा हुने हो भने सबै क्षेत्र राम्रो हुन्छ । राजनीति नीतिमध्येको मूल नीति हो, मूल नीति नै राम्रो नभएपछि अरू के आश गर्ने ?
राजनीतिक नेतृत्वले प्रशासनयन्त्रलाई दबाब र प्रभावमा पारेर आ-आफ्नो स्वार्थ पूर्ति गर्नतिर लाग्दै आएका छन् । साँठगाँठको राजनीतिले सबै कुरा बिग्रँदै गएको छ । जब लाभको राजनीति हुन्छ त्यस देशका जनताले दुःख पाएका हुन्छन् । हाम्रो देशमा त्यही भइरहेको छ । राजनीतिक नेतृत्व अक्षम भएकाले उसले प्रशासनिक संयन्त्रलाई सुधार गरी बलियो बनाउँनै चाहँदैन । आमजनताले कर्मचारीमाथि गर्ने मुख्य गुनासो भनेको यो निष्पक्ष छैन, स्वस्च्छ छैन र ढिलासुस्ती गर्छ, साथै जनताको मागनुरूप सेवा दिन सक्दैन, भ्रष्टाचारमा लिप्त छ भन्ने नै हो । मुलुक संघीयतामा गएको पनि नौ वर्ष पुग्दै छ । यो अवधिमा के-के प्रगति भयो के प्रगति भएन आत्मसमीक्षा गर्नु पर्छ कि पर्दैन ? अब तत्काल सुधारको मार्गमा हिँड्न जरुरी छ ।
हरेक काम गर्दा सुशासन ऐन अनुसार नै गर्नुपर्छ । कर्मचारीहरू नैतिकरूपमा धेरै कमजोर भएका गुनासा आइरहेका छन् । उनीहरू नैतिकवान् र सदाचारी हुन जरुरी छ । विकास, समृद्धि र प्रगतिको मुख्य आधार भनेको सुशासन हो । देशको राजनीति राम्रोसँग अघि बढन सकेको छैन । सत्ता स्वार्थबाहेक राजनीतिमा अरू केही देखिएन ।
राजनीति सही बाटोमा छैन । राजनीतिलाई सही बाटोमा हुने हो भने सबै क्षेत्र राम्रो हुन्छ । राजनीति नीतिमध्येको मूल नीति हो मूल नीति नै राम्रो नभएपछि अरू के आश गर्ने ? देशका नागरिक सचेत हुँदाहुँदै पनि राजनीति दलकापछि लागे । जता हुइम बग्छ त्यतै लागे त्यसले गर्दा समस्या बढिरहेको छ । चुनावका बेलामा नागरिकले राम्रोसँग सोचेर मतदान गरेका भए यस्तो स्थिति आउने थिएन । यस्तो स्थिति आउनुमा धेरथोर नागरिक पनि जिम्मेवार छन् । नागरिकले विबेक पु¥याएको भए दुःख पाइने थिएन । आजको परिस्थितिलाई बुझेर भोलिको निर्यण गर्नुपर्ने हुन्छ । पुराना राजनीति दल र तिनका पुराना नेता दोहोरिएर आउने जुन संस्कार हाबी हुँदै छ त्यसको अन्त्य जरुरी छ । (उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच