
पोखरा । गण्डकी प्रदेशस्तरीय चौथो आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा जिल्लाले बाजी मारेको छ । योसँगै स्याङ्जा लगातार दुई संस्करणमा च्याम्पियन बनेको हो । चौथो संस्करणमा स्याङ्जाले १० स्वर्ण, तीन रजत र १० कांस्य पदक हात पारेको छ ।
यस्तै, प्रतियोगितामा कास्की नौ स्वर्ण, पाँच रजत र चार कांस्यसहित दोस्रो र बागलुङ आठ स्वर्ण, दुई रजत र ११ कांस्य पदकसहित तेस्रो भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाइरिङ गरी २/२ स्वर्ण पदक प्राप्त गर्नुभयो ।
प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ कांस्य गरी कुल १४४ पदकका लागि पुरुषतर्फ स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच