
लण्डन । युरोकपको अन्तिम अभ्यास खेलमा स्लोभाकियाले वेल्सलाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा स्लोभाकियाले वेल्सलाई ४-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा जुराज कुक्काले गोल गर्नुभएको थियो ।
दोस्रो हाफमा रोबर्ट बोजेनिक र लास्ज्लो बेनेसले समान एक/एक गोल थप्नुभयो । इथान अम्पाडुले एक गोल आत्मघाती गरेपछि स्लोभाकिया ४-० ले विजयी भएको हो ।
स्लोभाकियाले युरो २०२४ को पहिलो खेल जुन १७ मा बेल्जियमसँग खेल्नेछ । समूह ‘ई’ मा यी दुई टोलीबाहेक रोमानिया र युक्रेन रहेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच