पुरन साह/हिटा
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको महाधिवेशन औपचारिक रूपमा शुभारम्भ भएको छ । १८ वर्षपछि पहिलोपटक राष्ट्रिय महाधिवेशन जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता लीलानाथ श्रेष्ठ, समाजवादी मञ्चका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, राप्रपाका उपाध्यक्ष बुद्धिराम तामाङ, रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले, लोसपका जितेन्द्र सोनल लगायतका नेताको सहभागिता थियो ।
पार्टी विभाजन भए पनि अध्यक्ष यादवले पूर्वघोषित समयमै महाधिवेशन गर्न लाग्नुभएको हो । महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भारतीय कंग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इण्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधि आएको जसपा नेपालले जनाएको छ । देशभरबाट करिब एक हजार दुई सय महाधिवेशन प्रतिनिधि सहभागी भएको महाधिवेशन ३० जेठसम्म चल्नेछ । महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ । जसपा नेपालबाट अशोक राई सहितका सात सांसदले पार्टी विभाजन गरी जसपा गठन गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच