पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको यू-१५ विद्यालय खेलकुद प्रतियोगिता बुधबार पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य-सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । ‘विद्यालयबाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू-१५ विद्यालयक खेलकुद हुन लागेको छ । यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्टहरू भने आजैदेखि सुरु भइसकेको छ ।’ सदस्य-सचिव शर्माले पत्रकार सम्मेलनमा भन्नुभयोे ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागि हुनेछन् । प्रत्येक प्रदेशबाट समान ७६-७६ खेलाडी, आठ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुने छन् । प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।
पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरूमा खेल संख्यालाई बढाउँदै लैजाने शर्माले जानकारी दिनुभयो । प्रतियोगिता आयोजक कमिटीका सदस्य राजकुमार कार्कीले ओलम्पिकमा खेलिने खेल, विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश एथलेटिक्स बाहेकका खेललाई पनि प्रवद्र्धन गर्नुपर्ने भएकाले अहिले ६ खेल छनोट गरिएको बताउनुभयो ।
नेपाल विद्यालयक खेलकुद महासंघका महासचिवसमेत रहनुभएका कार्कीले स्कुलस्तरदेखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहीँबाट भविष्यमा ओलम्पियन जन्मने धारणा व्यक्त गर्नुभयो ।
एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र चार गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच-पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालमा छात्र/छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६-६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा चार-चार, बुद्धिचालमा चार खेलाडी सहभागी हुने छन् । रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०-१० खेलाडी सहभागी हुनेछन् ।
पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घााटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद् गण्डकीका सदस्य-सचिव शर्माले जानकारी दिनुभयो । ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न कूल एक करोड ८२ लाख बजेट छुट्याइएको छ । त्यसमा एक करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँकी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले व्यहोर्ने सदस्य-सचिव शर्माले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच