नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ। बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) ले घोषणा गर्नुभएको हो ।
सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा बर्दघालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो । मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तीमा ९० प्रतिशत, दक्ष प्रसूतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसूति शुन्य र मापदण्ड अनुसार तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाका लागि स्वीकृति दिने व्यवस्था रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले स्वास्थ्य नै धनको भएको उल्लेख गर्दै पालिकाले शिक्षा र स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने बताउनु भयो । 'मानिस स्वास्थकर नभए पैसा धन सम्पत्ति कहि पनि उर्जा वान बन्न सक्दैन ।' यादवले भन्नु भयो ।
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगर भित्र रहेका सम्पुर्ण गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाइ सहज रुपमा सेवा पाएको बताउनु भयो । पुर्ण खोप तथा सस्थागत प्रसुती नगर घोषणाको सुनिश्चितता हुनुले पनि सबैले स्वास्थ सेवा राम्रो पाएको श्रेष्ठको भनाइ छ । महिला स्वयंसेविकाहरुको काम उत्कृष्ट रहेको बताउँदै नगरप्रमुख शम्भुलाल श्रेष्ठले उहाँहरुले पाउँदै आएको सेवा सुबिधामा नगरले आउँदो बर्ष देखि वृद्धि गरेर ल्यौजाने बताउनु भयो ।
पुर्ण खोप सुनिश्चिताका लागि गत साउनदेखि नै बैठक र लाइन बेस सर्भे गरियो । गत बर्ष पुर्ण खोप भएको नगर यस बर्ष सुनिश्चितता हुनु राम्रो भएको जिल्ला स्वस्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले बताउनु भयो । कुनै पनि बालबालिकालाई खोप नछुटाउन यो अभियानलाई निरन्तरता दिनुपर्ने पन्थीको भनाइ छ । 'नेपालमा अहिले १३ प्रकारका खोप लगाइने छ । जसले गर्दा बालमृत्यु दर घटाउन, अपाङ्गताहुने दर घाटाउन खोपले सहयोग गरेको छ ।' पन्थीले भन्नुभयो ।
सुत्केरी महिलालाई सबै ल्याव निशुल्क प्रदान गरेको, एम्बुलेन्स निशुल्क र सुत्केरी पोषण भत्ता ५ हजार दिएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञावालीले जानकारी दिनु भयो । जन्मे देखी १५ महिना सम्मका १ हजार २ सय १४ जना बालबालिका, १६ देखि २३ महिना सम्मका ४ सय ६७ जना बालबालिका, २४ देखी ५९ महिनासम्मका २ हजार ८ सय ३६ बालबालिकालाई खोप लगाइएको छ । बर्दघाटमा २७ वटा खोप केन्द्र बालबालिकालाई खोप लगाइदै आएको छ । गत बर्ष ९ सय १० जना महिला र यस चालु आर्थिक बर्षको चैत मसान्तसम्म ६ सय ९९ महिलाहरु सस्थागत रुपमा सुत्केरी हुनुभएको स्वस्थ्य शाखाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी स्क्रीम श्रेष्ठ, सहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष डिबि थापाले बोल्दै खोप र संस्थागत प्रसुतीको पुर्ण सुनिश्चितता दिदै यसको निरन्तरताको अपेक्षा राख्नु भएको थियो । कार्यक्रममा ३५ बर्ष निरन्तर महिला स्वयंसेबिकाको रुपमा कार्यरत दधिकला पौडेल, मन्जु पान्डेलाई बिदाइ गरिएको छ । उहाँहरुलाई नगरले २ लाख र प्रदेशले ५० सहित बिदाइ गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच