पोखरा । मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यू-१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जित्नुभएको छ । लङजम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जित्नुभएको हो ।
पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गर्नुभयो । सुदूरपश्चिम प्रदेशका वरुणदत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जित्नुभयो । सरिताले ४.६१ मिटर जम्प गर्नुभयो । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो हुनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र चार सय मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त राना पहिलो हुनुभयो । उहाँले निर्धारित दूरी ५८.६२ सेकेण्डमा पूरा गर्नुभयोे । मधेशका दिपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो हुनुभयो । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुम्नुभयो । कृष्णाले निर्धारित दूरी तय गर्न एक मिनेट ०४.२९ सेकेण्ड समय खर्चिनुभयो । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पार्नुभयो ।
छात्र १ सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो हुनुभयो । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेण्ड समय निकाल्नुभयो । मधेशका अर्जुन शाह दोस्रो तथा कोशीका राजन बान्तवा राई तेस्रो स्थानमा रहनुभयो । उक्त स्पर्धाको छात्रामा गण्डकीकी एञ्जल अधिकारी शीर्ष स्थानमा रहनुभयो । एञ्जलले निर्धारित दूरी १३.५६ सेकेण्डमा पूरा गर्नुभयो । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जित्नुभयो ।
एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुंगो लाग्दा पाँच प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले दुई तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान एक-एक स्वर्ण जितेका छन् । जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सका बाँकी आठ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ । सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच