
काठमाडौं । बागमती प्रदेशका जयस्नु महर्जनले यू-१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार तीन स्वर्ण जित्नुभएको छ । उहाँले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जित्नुभयो । पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८-११, ११-५, ११-२ र ११-६ को सेटमा पराजित गर्नुभयो । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो हुनुभयो ।
गल्र्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बन्नुभयो । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११-९, ४-११, ११-५ र १३-११ को सेटमा हराउनुभयो । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्तरूपमा तेस्रो हुनुभयो ।
टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । पाँच स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो । दोस्रो तथा अन्तिम दिन दुई स्वर्ण जितेको बागमतीले पहिलो दिन तीन स्वर्ण जितेको थियो ।
विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य-सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कृत गर्नुभयोे । दुईदिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८-२८ ब्वाइज/गल्र्स गरी ५६ खेलाडी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच