बर्लिन । युरोकपको १७औँ संस्करण आज (शुक्रबार)देखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यसपटक जर्मनीले आयोजना गर्दैछ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिताका खेल जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइनेछ ।
युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो ।
अहिलेसम्म १६ पटक सम्पन्न यो प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जर्मनी र स्पेनले जितेका छन् । जर्मनीले तेस्रोपटक युरोकप आयोजना गर्दैछ । जर्मनीका १० शहरमा खेलहरू हुनेछन् । जर्मनी सबैभन्दा बढी १३ पटकको युरोकप च्याम्पियन हो ।
जुन १४ (आज)देखि सुरु हुने युरोकपमा जर्मनी समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा जर्मनीसहित स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड छन् । जर्मनीले आफ्नो पहिलो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच