![गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/Raktadan-Blood-Donation.jpg)
चितवन । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहाको विकासका लागि सफारी पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ । रत्ननगर पर्यटन प्रवद्र्धन समितिले सौराहाको सफारी पर्यटनलाई केन्द्रबिन्दु मानेर आवश्यक पूर्वाधार निर्माण र जिल्लाभित्रका सम्भावित गन्तव्यसँग जोडेर सौराहाको पर्यटनलाई विकास गर्ने गरी ४१ बुँदे कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको हो ।
सौराहालाई मुख्य गन्तव्यस्थल मानेर माडी, भरपुर, इन्छाकामना, कालिका, खैरहनी र राप्ती नगरपालिकाका पर्यटकीय गन्तव्यसँग जोड्दै सौराहाको पर्यटनको दायरा फराकिलो बनाउने गरी कार्ययोजना निर्माण गरिएको समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । पर्यटन कार्ययोजनाको प्रारम्भिक मस्यौदामाथि बिहीबार सौराहाका पर्यटन व्यवसायी र संरक्षणकर्मीका सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्ययोजनामा सन् २०२५ लाई सौराहा भ्रमण वर्षका रूपमा मनाउने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, सौराहालाई विशेष पर्यटन क्षेत्रका रूपमा घोषणा गर्न सरकारी पहल सुरु गर्ने, सौराहाको अस्तित्व जोगाउन ब्राण्डिङ गर्ने, पर्यटकको बसाइ लम्ब्याउन निकुञ्जको टिकट अवधि तीन दिन बनाउनेलगायतका विषय समेटिएका छन् ।
सौराहामा आगामी वर्ष हुने अन्तर्राष्ट्रिय हात्ती महोत्सवको अवसर पारी सरकारबाट नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्ने र सोही समारोहमा चितवनलाई समेट्दै घुमौँ सौराहाको निरन्तरतास्वरूप परिवर्तन गर्दै सौराहा भ्रमण वर्ष २०२५ घोषणा गर्ने, भरतपुर विमानस्थलमा सूचनाका लागि पर्यटन प्रवद्र्धनसम्बन्धी ब्रोसर, पम्प्लेट र श्रव्यदृश्य सामग्री प्रसारण गर्ने मोनिटरसमेतको व्यवस्थापन गर्ने, सौराहाको बारकोड निर्माण गरी सूचना र जानकारीमूलक सामग्री व्यवस्थापन तथा रत्ननगरको आकाशे पुललगायत राजमार्गमा आवश्यक स्थानमा सौराहा प्रवेश संकेत भएको आकर्षक लाइटसहितको सूचना पाटीको व्यवस्था मिलाउने योजनामा समावेश छन् । त्यस्तै, सौराहामा सुविधासम्पन्न बसपार्क सञ्चालनका लागि पहल गर्ने, निकुञ्ज हुँदै माडी पुग्ने करिडोर निर्माण गर्ने, पर्यटन सूचना केन्द्रसहित पर्यटन विकास समिति स्थापना गर्ने, पर्यटकीय क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्ने, पर्यटकको सौराहा र सौराहा आसपास तथा चितवनको बसाइ लम्ब्याउने, चितवनमा थप नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी प्रवद्र्धन गर्ने, राष्ट्रिय निकुन्जभित्रको घाँसे मैदान र ताल पोखरी थप व्यवस्थित गरी चरन क्षेत्र व्यवस्थापन गर्ने कार्ययोजनामा उल्लेख छ ।
पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न बाटर फन पार्क, ओपन चिडियाखाना स्थापना, हात्ती पिकनिक, हात्ती सुन्दरी प्रतियोगितासँगै हात्तीपोलो, हात्ती फुटबललगायतका हात्तीसँग सम्बन्धित खेलहरू खोज अनुसन्धान गरी विश्वमै उच्चस्तरीय हात्ती र मानवमैत्री वातावरण सिर्जना गर्दै पर्यटन प्रवद्र्धन गर्ने, सौराहामा अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्स स्थापना गर्ने गरी योजना बनाइएको समितिका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो । सौराहाको पर्यटनसँग कृष्णसार संरक्षित क्षेत्र, हरियाली पार्क, लौरीघोल र धार्मिक पर्यटीय स्थल जोड्ने र खेल पर्यटन विकासका लागि टिकौलीमा रंगशाला निर्माणको पहल गर्ने, सौराहालाई केन्द्रबिन्दु बनाएर पूर्वी चितवनका पालिकामा महŒवपूर्ण र सम्भावित पर्यटकीय गन्तव्य जोडी पर्यटनमैत्री पूर्वाधार रिङरोड, लिंकरोड, साइकिलिङ रोड, फुटपाथ, ग्रिनरी, लाइटिङ, विश्रामस्थल, पूर्वी चितवनलाई वातावरणमैत्री पर्यटकीय शहर बनाउन रत्ननगरसहित अन्य पालिकासँग समन्वय गरी गुरुयोजना तयार गरी सरकारका विभिन्न निकायसँग पहल गर्ने कार्ययोजनामा उल्लेख छ । औद्योगिक मार्ग निर्माण गरी शक्तिखोरमा निर्माणाधीन अन्तर्राष्ट्रिय औद्योगिक पार्कसँग सौराहा जोड्न पहल गर्ने, सौराहाबाट जिप सफारी र जल सफारीमार्फत् पर्सा राष्ट्रिय निकुञ्ज र भरतपुर महानगरको जगतपुर, मेघौली गोलाघाट हुँदै माडी नगरपालिकाको त्रिवेणीग्राम ऐतिहासिक वाल्मीकि आश्रमसम्म पर्यटकीय गतिविधि बढाउने समितिका अध्यक्ष दुवाडीले बताउनुभयो ।
अन्तरक्रियामा क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समूहकी अध्यक्ष छुना रेग्मी, वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरी, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, टिकौली वनका अध्यक्ष बुद्धिसेन चौधरी, क्षेत्रीय होटल संघका पूर्वअध्यक्षहरू गिरीधारी चौधरी, शंकर सैँजू, व्यवसायी ऋषि तिवारी, गोकर्ण गिरी, पुरुषोत्तम श्रेष्ठ, रामेश्वर शाहलगायतले मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच