![सामाजिक सञ्जाल नियमनको तयारी](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Communication-and-Information-Technology-Minister-and-Government-Spokesperson-Rekha-Sharma.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा उत्रने बताउनु भएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँनु हुँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताउनु भएको हो ।
उहाँले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउनु भयो । वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउँनु हुँदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताउनु भयो । उहाँले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताउनु भयो ।
रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताउँनु भयो ।
रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताउनु भयो । उहाँले टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित नसकिने भन्दै सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताउनु भयो ।
नेपालले समुह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५:१५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुदै छ ।
![ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/ilam-badi.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच