एमाले गुल्मी अध्यक्षमा पुनः काउछा निर्वाचित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । तम्घासमा सम्पन्न एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

काउछा ३८४ मत प्राप्त गर्दै अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी हिरा एसिले २०२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा जीवन खरेल ३४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत प्राप्त गर्नुभएको छ । सचिवमा धर्म विश्वकर्मा ३७१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी पदमप्रसाद अर्यालले १९० मत प्राप्त गर्नुभएको छ । उपसचिव (खुला) मा चक्रबन्धु भुसाल ३४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी ओम कार्कीले २१६ मत प्राप्त गर्नुभएको छ ।

उपसचिव (महिला) मा लक्ष्मीदेवी पन्थ सर्वसम्मत निर्वाचित हुनुभएको छ । केही सदस्यहरु पनि सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनबाट आगामी ३ वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । लेखा कमिटीको अध्यक्षमा फर्सु श्रेष्ठ, उपाध्यक्षमा रामबहादुर केसी, सचिवमा चोलराज शर्मा र सदस्य (महिला) मा कमला अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा ५९५ मत खसेको थियो । कुल मतदाता ६ सय १३ जना थिए । समावेशी तथा आरक्षणतर्फ युवा (खुला) मा १० जना,  दलित (खुला) मा ६ जना, अपाङ्ग / अल्पसंख्यक / मुस्लिम (खुला) मा २ जना, स्थानीय पालिका कोटातर्फ मुसिकोट नगरपालिकाबाट २ जना महिला सदस्य, इस्मा गाउँपालिकाबाट ३ जना खुल्ला सदस्य, २ जना महिला सदस्य, मदाने गाउँपालिकाबाट ३ जना खुल्ला सदस्य र गुल्मीदरबार गाउँपालिकाबाट ३ जना खुल्ला सदस्यका र लेखा कमिटीको सदस्य (खुला) ३ जनाका लागि मतदान भएको बताइएको छ ।

अधिवेशनको उद्घाटन शत्रलाई उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिवद्वय गोकर्णराज विष्ट र पद्मा अर्याल, पोलिट ब्यूरो सदस्य सूर्य थापालगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । मङ्गलबार तम्घासमा उद्घाटन भएको १२ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि निकै छलफल भएपनि सहमति हुन नसक्दा बिहीबार मदन आश्रित स्मृति भवनमा मतदान भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?