जुम्लामा बजार अनुगमनलाई प्रभावकारी गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार लगायत स्थानीय तहमा रहेका बजारलाई उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले पछिल्लो समयमा अनुगमनलाई तिब्र गतिमा बढाएको छ ।

सो बजार अनुगमनबाट मिति नाघेका विभिन्न प्रकारका सामानहरुलाई जफत गरी नष्ट गरिएको छ । अनुगमनका क्रममासबै भन्दाबढी जिल्ला स्थित कैलास एण्ड बिमल दिपसन चाउमिन सस उद्योगबाट २५ केजी विक्रेको चाउमिन बरामद गरिएको छ । मिति सकिएका सामानहरु भेटिएको हुनाले जफत गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार बानियाँले बताउनुभयो ।

अर्गानिक मिनि मार्केटबाट लेबलिङ नगरिएका १२२ वटा साना र १३ वटा ठुलो आलु चिप्स बरामद गरिएको छ । अन्य र्आानिक सामानमा लेबलिङ गरी सामान बेच्न अनुगमन टोलीले सुझाव दिएको छ । अनुगमन गरिएका पसलहरुमा मूल्यसूची टाँस गर्न, नापतौल विभागको मापदण्ड अनुसार ढक तराजुको प्रयोग गर्न र पसलहरुको समयमै नविकरण गर्न तथा कारोबार थप गर्न सुझाव दिएको कार्यालय प्रमुख बानियाँको भनाइ छ ।

बरामद गरिएका अखाद्य वस्तु सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमन गरिएको हो । अनुगनमा सहभागि उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रशासकिय अधिकृत थिर वहादुर श्रेष्ठले सदरमुकाममै म्याद सकिएको खाद्य सामग्री बिक्री वितरणहुने भएकाले व्यवसायी माथि निगरानी बढाउन अनुगमन आवश्यक पर्ने बताउनुभयो ।

उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनलाई कार्यालयले विशेष प्रथामिकतामा राखेर काम गर्न आवश्यक रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रशासकिय अधिकृत श्रेष्ठको भनाइ छ । कालोबजारी र मिसावट ठगी नियन्त्रणका लागि सदरमुकामबाहिर रहेको जिल्लाको तिला गाउँपालिको स्थानीय बजारको अनुगमन समेत गरिएको छ । नियमति बजार अनुगमन नहुँदा अधिकांश सामानमा उपभोक्ताहरु ठगिने गरेका छन् । सदरमुकाममा बेला मौका छोपि बजार अनुगमनहुने गरेको छ । तर, सदरमुकाम बाहिर वर्षको एक पटक भन्दा बढी अनुगमन हुँदैन् ।

स्थानीय तहमा रहेका बजारको अनुगमन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले उपाध्यक्षलाई दिएको छ । यद्यपि उपाध्यक्षको नेतृत्वमाहुने अनुगमन गठन गरिएको समितिले नियमित बजार अनुगमन गर्न सकि रहेको छैन् । यसैलाई मध्यनजर गर्दै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा सहितको सहभागितामा तिला गाउँपालिका – ३ मा स्थित कुडारी र त्रिवेणी बजारको अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको अगुवाईमा सदरमुकाम बाहिर अनुगमन भएको हो ।

कुडारी र त्रिवेणी बजारका ३६ वटा पसलहरुको अनुगमन गर्दा १३ वटा पसलहरुबाट ४३ हजारबढी रुपैयाँ बराबरको सामान जफत गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रशासन अधिकृत भगवति श्रेष्ठले बताउनुभयो । त्रिवेणी र कुडारी बजारमा रहेका खाद्य, होटल, इलेक्ट्रोनिक र खुद्रा पसलहरुको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा धेरै पसलहरुले नविकरण नगरेको, करचुक्ता प्रमाण पत्र नलिएको र मूल्य सूची टाँस नगरेको जस्ता समस्याहरु देखिएको छ । सदरमुकाम बाहिरका साना बजारहरुमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामानहरु खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जनाएको छ ।

अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रहरी कार्यालय र उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?