
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताउनु भएको छ ।
उहाँले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भएमात्र पाउने व्यवस्था अन्त्य गर्न लागिएको बताउनु भयो ।
सय दिनको उपलब्धिबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै गृहमन्त्री लामिछानेले यसका लागि काम भइरहेको समेत जानकारी दिनुभयो ।
साथै उहाँले गुनासा, सन्देश सोझै गृहमन्त्रीसँग आइपुग्ने समेत बताउनु भयो ।
गृहमन्त्री लामिछानेले गृहमन्त्रीको निगरानीमा बनेको सेन्टरमा क्यूआर कोड स्क्यान गरेर प्रहरी, सिडिओले नसुनेका गुनासा सिधैँ आफैँलाई भन्न सकिने बताउनु भयो ।
अब गुनासा, सन्देश सोझै गृहमन्त्रीसँग आइपुग्ने उहाँको भनाइ थियो ।
“सोझै गृहमन्त्रीलाई भन्नुहोस् । हाम्रो ठूलो युनिट बसेको हुन्छ जसले कार्यालय समयमा आएका गुनासा हेर्छन् । राम्रा पनि भन्न पाइन्छ,” उहाँले भन्नुभयो।
उहाँले गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरेको जानकारी दिनुभयो । नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले जानकारी गराउनु भयो ।
गृहमन्त्री लामिछानेको सय दिनको कामको सूची
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच