काठमाडौं । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरण अनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ ।
यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।
ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ छ ।
घिउसिमी ६० रुपैयाँ, तने बोडी ४० रुपैयाँ भन्टा २० रुपैयाँ छ । कालीमाटी बजारले दिएको थोक मूल्य विवरण अनुसार भन्टा भिण्डी आलु गोलभेँडालगायत तरकारीहरू भने ५० रुपैयाँभन्दा कम मूल्यमै किन्न पाइन्छ ।
तर, ब्रोकाउली, च्याउ, गुन्द्रकु पुदिना कुरिलो प्याज, कागती गान्टेमुला पार्सले सेलरी जिरीको साग भने सय रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच