
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान शुरु गरिएको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सो क्षेत्रको करिव नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उहाँले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताउनु भयो । उपप्रधानमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ । तपाईहरुले चाँडै थाहा पाउनु हुन्छ । आज नै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन । यो चाँही लगभग नौं हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेशन गर्दैछ । यो जानकारी पनि तपाईहरुलाई जानकारी गराउँछु । हामी काम गर्दैछौं, हुँदैछ । कुनै एउटा त्यस्तो केस छैन, जसलाई हामीले गर्नु नपरोस् । ’
उपप्रधानमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहो¥याउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच