प्रिटोरिया । दक्षिण अफ्रिकी संसद्ले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीले रामाफोसा पुनः राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको खुलासा गरेको हो ।
‘केपटाउन अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा आयोजित ७औं लोकतान्त्रिक संसद्को राष्ट्रियसभाको पहिलो बैठकबाट माननीय सिरिल रामाफोसा दक्षिण अफ्रिका गणतन्त्रको राष्ट्रपतिको रूपमा पुनः निर्वाचित हुनुभएको छ’, एएनसीले एक्समा भनेको छ ।
दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय कांग्रेस पार्टीले दुई हप्ताअघि भएको चुनावमा एएनसीले ३० वर्षको बहुमत गुमाएपछि बिहीबार मुख्य विपक्षी र अन्य दलसँग गठबन्धन सरकार गठन गर्न र राजनीतिक गतिरोध अन्त्य गर्न सहमति भएको स्थानीय समाचारमाध्यमले जनाएको छ । राष्ट्रपतिको रूपमा रामाफोसाको यो दोस्रो कार्यकाल रहेको दक्षिण अफ्रिकाको समाचार एजेन्सीले बताएको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच