लगानी कोष पनि अनलाइन प्रणालीमा

Read Time = 2 mins

काठमाडौं । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने भएको छ । कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले सोझै कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो । उक्त सुविधा सिजिएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयले उपयोेग गर्न सक्ने कोषले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार रकम जम्मा गर्दा कोषका कर्मचारीले एप्रुभ गर्नेबित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यस्तो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकाश योजनामा सहभागी कर्मचारीका कार्यालयले पाउने कोषका सूचना अधिकारी उद्धब सिलवालले जानकारी दिनुभएको छ ।

२० लाखसम्मको रकम रियल टाइममा र सोभन्दा बढी २० करोडसम्मको रकम नन्-रियलटाइममा जम्मा गर्न सकिने कोषले जनाएको छ । बैंक वा कर्पोरेट पेमार्फत् कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाखभन्दा बढी सहभागीलाई स्वचालितरूपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने कोषको अपेक्षा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?