काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु अमूल्य अवसर रहेको बताउनुभएको छ । उहाँले नेपाल विपश्यना केन्द्र बूढानीलकण्ठमा सञ्चालित १० दिवसीय विपश्यना ध्यान शिविर शनिबार समापन समारोहमा सो कुरा बताउनुभएको हो ।
उहाँले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतिपूर्ण रहेको बताउँदै विभिन्न कठिनाईहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको बताउनुभयो । जीवनमा आइ पर्ने विभिन्न बिघ्नबाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्षोल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्न समेत यो शिविरले मद्दत पुर्याएको उहाँको भनाइ थियो ।
शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधै विवेकशील र व्यावसायिक ढंगले आफ्नो कर्तव्य पालान गर्ने र नेपाल प्रहरीको उज्ज्वल भविष्यको रूपमा आफूलाई सावितसमेत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको अवलोकनसमेत गर्नुभएको थियो ।
अवकाश प्राप्त प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य डा.रूप ज्योतिले ध्यान शिविरको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूहका १४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता थियो । विपश्यना ध्यान शिविर समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल विपश्यना केन्द्रका पदाधिकारीहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच