![पुस्तक लोकार्पण एवं अन्तर्क्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Pustak-lokarpan.jpg)
काठमाडौं । सामसुङले आगामी फुटबल सिजनका लागि विशेष अफर ल्याएको छ । फुटबल फ्यानका लागि कम्पनीले नवीनतम् टिभीहरूमा ३८ प्रतिशतसम्मको छुटका साथै अफरमा चयन गरिएका ठूलो टिभी मोडल खरिदमा निःशुल्क साउन्डबार र अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारमा ५० प्रतिशतसम्म क्यासब्याक पनि ल्याएको छ ।
क्रिस्टल-क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै कम्पनीले ग्राहकका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ । अफर सामसुङ इन्स्टा फाइनान्ससाथ पनि प्राप्त गर्न सकिन्छ, जसमार्पmत् ग्राहकले १८ महिने शून्य प्रतिशत ब्याज इएमआईमा सामसुङका नवीनतम् टिभी खरिद गर्न सक्नेछन् । ग्राहकका लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीलाई अर्कोस्टोर डटकममार्फत् नयाँ सामसुङ टिभी एक्सचेन्ज सुविधासमेत ल्याएको छ ।
निःशुल्क इन्सटलेसन सेवा र खरिद गरिएको टिभीमा तीन वर्षको पूर्ण वारेन्टी रहेको कम्पनीले जनाएको छ । अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र नेपालभर सामसुङ टिभीका लागि आधिकारिक पुनर्बिक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्कमार्फत् उपलब्ध हुने र योजना असार ३१ गतेसम्म लागू रहने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच