मलेसियामा आफ्नी छोरीलाई बलात्कार गर्ने बाबुलाई ७०२ बर्ष कैद सजायँ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

क्वालालम्पुर । मलेसियामा एक बाबुले आफनै नाबालिग छोरीहरूसँग सम्बन्धलाई लाजमर्दो बनाएर बलात्कार गरेको घटनालाई सार्वजनिक भएको छ ।

सो बलात्कार तथा यौंन हिंसा गर्ने बाबुलाई त्यहाँको अदालतले ७०२ वर्ष कैद र २३४ कोर्रा हान्ने सजाँय सुनाइएको छ ।

समाचार अनुसार एक ५३ वर्षीय बुबाले सन् २०१८ देखि २०२३ सम्म दुई बालिकालाई ३० पटक बलात्कार गरेको स्वीकार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

रिपोर्टका अनुसार जेठी छोरी गर्भवती भएपछि राक्षसी पिताको क्रूरता बाहिर आएको थियो । यो घटना मलेसियाको जोहोर राज्यको मुआर क्षेत्रमा भएको हो । जहाँ यी व्यक्तिले आफ्नी छोरीहरूलाई वर्षौंदेखि काम वासनाको शिकार बनाउँदै आएका थिए । यस मुद्दामा फैसला सुनाउँदै अदालतले सजाय सँगै चल्नुपर्ने बताएको छ ।

समाचार अनुसार अदालतले सजाय पाएका व्यक्ति पेशाले सरसफाइ कर्मचारी हुन् । उनका दुई फरक श्रीमतीबाट छोरीहरू छन्, जससँग उनको वर्षौंदेखि अबैध सम्बन्ध थियो। समाचार अनुसार दुवै पीडित विभिन्न क्षेत्रमा बस्दै आएका थिए । आरोपीले अन्तिम पटक आफ्नी छोरीलाई जुलाई ९ मा बलात्कार गरेका थिए ।

समाचार अदालतमा आफ्नो कार्यप्रति पश्चाताप व्यक्त गर्दै अभियुक्तले सजाय घटाउन अपिल गरेका थिए, जसलाई न्यायाधीशले तुरुन्तै खारेज गरेका थिए । यससँगै न्यायाधीशले अपराध निकै गम्भीर रहेको बताए । ‘यस्तो अवस्थामा यो सजायले तपाईलाई आफ्नो गलत कार्यहरू विचार गर्न र तपाईका गम्भीर गल्तीहरूबाट सिक्न उत्प्रेरित गर्नेछ।’

त्यसपछि अदालतमा दोषी बाबुले आफ्नो अपराध स्वीकार गर्दै ‘आफ्नो कर्मको सजाय स्वीकार गर्छु’ भनेका थिए ।

बाल यौन अपराधीलाई यस प्रकारको लामो जेल सजाय मलेसियाको कानुनी प्रणालीमा नयाँ कुरा होइन । यसअघि हालै जोहरका एक व्यक्तिलाई आफ्नी १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा २१८ वर्ष जेल र ७५ कोर्रा हान्ने सजाय सुनाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?