![पीडादायी हारमा स्तब्ध नेपाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nepali-Cricket-Hita-fornt-page.jpg)
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयगत शीर्षक माथिको छलफल जारी रहनेछ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गत शीर्षकमा छलफल हुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सांसद रामहरि खतिवडा, डा। अमरेश कुमार सिंह, प्रेम सुवाल, मुक्ता कुमारी यादव, राजेन्द्र प्रसाद लिङ्देन, रोशन कार्की र श्यामकुमार घिमिरेले मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
![कोशी, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Mausam-Badal-Pani-weather-Hita-2.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच