
चितवन । चितवनको कालिका नगरपालिकामा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ ।
कालिका-६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा शनिबार राती ८:४० बजे हतियार सहित आएको समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सुनचाँदी पसलबाट ३ किलो सुन सहित ३५ किलो चाँदी र नगद दुई लाख रूपैया चोरी भएको चितवन प्रहरीले जनाएको छ । चोरी भएको भनिएको ७७६.८१ ग्राम सुन सोहि पसलमा फेला परेको छ ।
पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी हतियार देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ ।
लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा चितवन प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच