
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका-६ हरपुरका मोतीलाल चमारको ६ वर्षीय छोरा सन्नी चमारको सर्पको टोकाइका कारण मृत्यु भएको हो ।
शुक्रबार बिहान १० बजे खाना खाएर गाउँका केही बालबालिकासंग घरदेखि १ सय मिटर दक्षिण दिशामा रहेको बगैंचामा खेल्न क्रममा सर्पले टोकेको आशंकामा उपचारको लागि भारतको निचलौलस्थित सर्पदंश उपचार केन्द्रमा लगेएको थियो । त्यहाँका डाक्टरले रिफर गरेपछि नवलपुर जिल्लाको त्रिबेणीस्थित सर्पदंश उपचार केन्द्रमा बालकको उपचार गराउन पुऱ्याइए पनि बालकको मृत्यु भएको पारिवारजनले बताएको छ ।
उपचार केन्द्रमा ल्याइ पुऱ्याउनु भन्दा पहिले नै बालकको मृत्यु भइसकेको त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रले बताएको छ । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्ने अवस्था नरहेको सर्पदंश उपचार केन्द्र त्रिवेणीले जनाएको छ । छोराको मृत्युपछि आमाको अचेत अवस्थामा प्रतापपुर-२ गोपीगंजको प्रभा हेल्थ सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच